गृहपृष्ठ स्वास्थ्य बिमा कार्यक्रममा २५ लाख नागरिक आबद्ध

स्वास्थ्य बिमा कार्यक्रममा २५ लाख नागरिक आबद्ध

ramesh pokharel

स्वास्थ्य बिमामा देशभरका २५ लाख नागरिक आबद्ध भएका छन् । स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको साढे तीन वर्षको अवधिमा ४९ जिल्लाका ४८० स्थानीय तहका नागरिकले यो सेवामा आबद्धता जनाएको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिए ।

‘एक–डेढ महिनाभित्रै ११ वटा जिल्लामा कार्यक्रम सञ्चालनको तयारी गरिरहेका छौं,’ न्युज कारोबारसँगको कुराकानीका क्रममा उनले भने, ‘यो कुल जनसंख्याको साढे ८ प्रतिशत हो ।’

स्वास्थ्य बिमा कार्यक्रममा ७२५ घरधुरीले हालसम्म सहभागिता जनाइसकेका छन् । ‘६ लाख १५ हजार अतिगरिब जनतालाई यसमा समावेश गरिसकेका छौं,’ कार्यकारी निर्देशक पोखरेलले भने, ‘२ लाख ५० हजार ज्येष्ठ नागरिक आबद्ध भइसकेका छन् ।’ अतिगरिब, अतिअशक्त रातो कार्ड भएका र ज्येष्ठ नागरिकको निःशुल्क बिमा गर्ने गरिएको छ भने महिला स्वास्थ्य स्वयंसेविकाका परिवारलाई ५० प्रतिशतमात्र लिइएको बोर्डले जनाएको छ ।

(विस्तृत अन्तर्वार्ता केही बेरपछि)

प्रकाशित समय १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु