fbpx
corona information

गृहपृष्ठ साताको सेयर बजार : धेरैपछि दुई अर्बमाथि कारोबार

साताको सेयर बजार : धेरैपछि दुई अर्बमाथि कारोबार

share-bazar-newskarobar

धितोपत्र बजारमा यस साता सेयर कारोवार मापक नेप्से परिसूचक ३७ विन्दुले बढेको छ । साताभर नै बजारले उकालोको यात्रा तय गर्‍यो । कूल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता सेयर रु दुई अर्ब ५६ करोड ७४ लाख ८० हजार १९७ मूल्यमा खरिदबिक्री भए । कारोवारका आधारमा रु दुई अर्बमाथि पुगेको यो धेरै पछि हो ।

पछिल्ला दिनमा नेप्सेले उकालोको यात्रा तय गर्दा सेयर लगानीकर्तामा समेत एक प्रकारको उत्साह पैदा भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से कारोवारको शुरुआती दिनदेखि नै उकालोको यात्रा तय गरेको थियो । साताको पहिलो दिन नेप्से परिसूचक ३.४५ अंकले बढेर एक हजार १३५.३७ अंकमा पुगेको थियो । कूल १७१ कम्पनीका नौ लाख ८७ हजार ७३९ कित्ता सेयर रु २८ करोड ७५ लाख २७ हजार ८२५ मूल्यमा खरिदबिक्री भए ।

यस्तै साताको दोस्रो दिन सोमबार नेप्से १३.५१ अंकले बढेर एक हजार १४८.८९ मा पुग्यो । सो दिन कूल १७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता सेयर रु ४६ करोड ४२ लाख २० हजार ३९२ मूल्यमा खरिदबिक्री भए ।

उकालोको यात्रा तय गरेको नेप्सेले मङ्गलबार पनि सोही गति पछ्यायो । सो दिन नेप्सेमा २.४८ अंकले सुधार भई एक हजार १५१.३६ अंकमा पुग्यो । कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर रु ५० करोड तीन लाख २८ हजार ९१५ मूल्यमा खरिदबिक्री भए ।

बुधबार नेप्से परिसूचक १० अंकले बढ्यो । कूल १०.११ अंकले बढेर एक हजार १६१.४७ मा नेप्से पुग्दा कूल १७३ कम्पनीको २० लाख ४३ हजार ६०५ कित्ता सेयर रु ५५ करोड १३ लाख ७७ हजार ८५२ मा खरिदबिक्री भए ।

यस्तै साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भई बजार बन्द भयो । सो दिन नेप्से ११.१७ अंकले बढेर नेप्से एक हजार १७२.६४ पुग्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि बढोत्तरी भयो । कूल १६८ कम्पनीका २१ लाख दुई हजार ६१ कित्ता सेयर रु ७६ करोड ४० लाख २५ लाख २१३ मा खरिदबिक्री भए । (रासस)

प्रकाशित समय १६:४७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु