fbpx

गृहपृष्ठ एनआईसी एशिया र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता

एनआईसी एशिया र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता

United Insurance & NIC ASIA agreement

एनआईसी एशिया बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत युनाइटेड इन्स्योरेन्सका ग्राहकले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताबमोजिम युनाइटेड इन्स्योरेन्सका ग्राहकले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङलगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यूआर कोड स्क्यान गरी प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र युनाइटेड इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै ग्राहकले छिटोछरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

एनआइसी एशियाका देशभर ३१० शाखा कार्यालय, ३९३ एटिएम, ९२ एक्स्टेन्सन काउन्टर र ४३ वटा शाखारहित बैंकिङ एकाइ छन् । बैंकका देशभर १९ लाख ग्राहक छन् ।

प्रकाशित समय ०७:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु