fbpx

गृहपृष्ठ साल्ट ट्रेडिङको सेयर मूल्य दुई सातामा दोब्बर

साल्ट ट्रेडिङको सेयर मूल्य दुई सातामा दोब्बर

नेप्से सामान्य घट्यो

nepal-sotck-newskarobar

सेयर बजार परिसूचक नेप्से सोमबार सामान्य घटेको छ । जलविद्युत, उत्पादनमूलक, अन्य र म्युचुअल फन्डबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक ०.२४ अंकले घटेर ११३१.१२ अंकमा झरेको हो ।

बजार घट्दा पनि साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । ३५ प्रतिशत लाभांश घोषणा गरेको साल्ट्र ट्रेडिङ सेयर आइतबार पनि सोही अनुपातमा बढेको थियो । साल्ट ट्रेडिङको सेयर मूल्य दुई सातामा दोब्बर बढिसकेको छ । कात्तिक १९ गते प्रतिकित्ता ६५८ रूपैयाँमा किनबेच भएको यो कम्पनीको सेयर सोमबार (मंसिर २ गते) ११४० रुपैयाँ पुगेको हो ।

त्यस्तै घोडाघोडी लघुवित्तको सेयर मूल्य पनि ९.९१ प्रतिशतले बढेको छ । घोडाघोडीको मूल्य आइतबार ९.८७ अंकले बढेको थियो ।

सोमबार १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश घोषणा गरेको नेपाल बैंकको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । नेपाल बैंकको ८ करोड ३९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो । चालू आवको पहिलो त्रैमासमा राम्रो वित्तीय प्रतिवदेन सार्वजनिक गरेको र ३५ प्रतिशत लाभांश घोषणा गरेको एनएमबी बैंक पनि केही दिनदेखि सर्वाधिक सेयर कारोबार हुने सूचीमा माथिल्लो नम्बरमा रहँदै आएको छ । सोमबार पनि एनएमबीको ३ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सोमबार १६० कम्पनीको ११ लाख ८८ हजार ८४५ कित्ता सेयर ३५ करोड ६८ लाख रुपैयाँमा किनबेच भएको छ । यो रकम आइतबारको तुलनामा सामान्य मात्र धेरै हो । आइतबार ३५ करोड ५१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित समय १७:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु