fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ एडीबीले नेपाललाई अब अनुदान नदिने

एडीबीले नेपाललाई अब अनुदान नदिने

आउँदो पाँच वर्षमा डेढ खर्ब ऋण सहयोग दिने

ADB_NewsKarobar

एसियाली विकास बैंक (एडीबी)ले अब नेपाललाई अनुदान नदिने भएको छ । एडीबी सञ्चालक समितिको हालै बसेको बोर्ड बैठकले नेपालका लागि नयाँ सहायता रणनीति २०२०-२०२४ स्वीकृत गर्दै सो निर्णय गरेको हो ।

बोर्ड बैठकपछि जारी ‘कन्ट्री बिजनेस प्लान २०२०-२०२४’ मा एडीबीको सहुलियतपूर्ण सहयोग नीतिअनुसार अब नेपालले अनुदान नपाउने उल्लेख छ । एडीबीले सन् २०१८ मा गरेको ऋण तिर्नसक्ने क्षमता वर्गीकरण (डेब्ट डिस्ट्रेस्ट क्लासिफिकेसन)अनुसार नेपाल ऋणको कम तनाव भएको देशमा परेपछि अनुदान नदिने नीति लिइएको हो ।

बैंकले नेपालका लागि आउँदो वर्षमा १ खर्ब ५५ अर्ब रुपैयाँ (१ अर्ब ३६ करोड ४० लाख अमेरिकी डलर)को सहायता स्वीकृत गरेको छ । यसमध्ये १ खर्ब ४८ अर्ब रुपैयाँ नेपालको कार्यसम्पादन आधारित प्रगतिमा आधारित लगानी हुने, ६ अर्ब ८४ करोड प्रकोपजन्य क्षति न्यूनीकरण संयन्त्रबाट, ४ अर्ब ५६ करोड रुपैयाँ पुँजीगत स्रोतबाट लगानी हुने र बाँकी २ अर्ब २८ करोड हालको नेपाल सहायता नीतिको कार्यान्वयनबाट निरन्तर अनुदान रहने जनाइएको छ ।

बोर्ड बैठकमा एडीबीका केही सञ्चालकहरूले नेपालका लागि निर्धारित नयाँ सहायता रणनीतिले व्यापक क्षेत्र समेटेको भए पनि नेपालको कमजोर संस्थागत क्षमता रहेको भन्दै टिप्पणी गरेका थिए । अधिकांस सञ्चालकहरूले सहायता रणनीतिको प्राथमिकता निर्धारण हुनुपर्ने र त्यसको पूर्ण कार्यान्वय हुनुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले ठूलो संख्यामा नेपालका दाता र विकास सहयोगीहरूले संघीय संरचनाको कार्यान्वयनका विभिन्न तहमा सहयोग गरिरहेको भन्दै एडीबीले दिने सहयोगमा बढीभन्दा बढी सहकार्य र समन्वयको खाँचो औंल्याएका थिए ।

प्रकाशित समय १६:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु