fbpx

गृहपृष्ठ नेप्से ४ अंकले घट्दा ५८ कम्पनीका लगानीकर्ताले कमाए

नेप्से ४ अंकले घट्दा ५८ कम्पनीका लगानीकर्ताले कमाए

share-bazar-newskarobar

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ४.५९ अंकले घट्दा ५८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । १६३ कम्पनीको कारोबार भएको बजारमा तीनवटा कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको ९.९७, घोडाघोडी लघुवित्तको ९.८७ र पाँचथर पावर कम्पनीको ९.८ प्रतिशतले मूल्य बढेको हो ।

आइतबार व्यापार समूहमा उच्च वृद्धि आएको छ । व्यापार समूह ७.४१ र अन्य समूह ०.४ प्रतिशतले बढेको छ । बाँकी सबै समूह ओरालो लागेका छन् । आइतबार सर्वाधिक कारोबार भएको शिवम् सिमेन्टको मूल्य ९.९८ प्रतिशतले घटेको छ । शिवमको ४ करोड रुपैयाँबराबरको सेयर किनबेच भयो ।

शिवम् सिमेन्टको नाफामा उच्च गिरावट आएपछि लगानीकर्ता हच्किएका हुन् । गत आवको पहिलो त्रैमासमा २ अर्ब ७२ करोडको सिमेन्ट बिक्री गरेर ३७ करोड रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालू आवको सोही अवधिमा २ अर्बको मात्र व्यापार गरेको र नाफा १९ करोड ८६ लाखमा खुम्चिएको वित्तीय विवरण सार्वजनिक गरेको थियो ।

आइतबार १६३ कम्पनीको ११ लाख ६७ हजार ६०५ कित्ता सेयर ३५ कराेड ५१ लाख रुपैयाँबराबरमा किनबेच भएको छ ।

प्रकाशित समय १८:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु