fbpx

गृहपृष्ठ माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

machhapuchchhre

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लामा ११ शाखा कार्यालय स्थापना गरेको छ । बैंकले चितवनदेखि कैलालीसम्म नयाँ शाखा कार्यालयहरु स्थापना गरेको हो ।

चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलवस्तुको चन्द्रौटा र तौलिहवा, दाङको तुल्सीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा शाखा कार्यालय उद्घाटन भएको बैंकले जनाएको छ । उक्त शाखा कार्यालयहरु स्थानीय जनप्रतिनिधि तथा बैंकका अध्यक्ष डा. विरेन्दप्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानमा सेवा विस्तार गरिरहेको बैंकले जनाएको छ । नयाँ शाखामार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुका साथमा २४सै घण्टा एटीएम सेवा पनि उपलब्ध हुनेछ ।

बैकले सातै प्रदेशमा आफ्नो १४४ शाखा, १३३ शाखारहित बैकिङ सेवा समेत गरी २७७ स्थानबाट सेवा प्रदान गर्दै आएको छ । देशभर रहेका बैंकको १६७ वटा एटीएम २४सै घण्टा सञ्चालन हुने बैंकले जनाएको छ ।

प्रकाशित समय १८:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु