fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ उद्योगी रुप ज्योतिको गिरफ्तारीले निजी क्षेत्र हतोत्साहित : नाडा

उद्योगी रुप ज्योतिको गिरफ्तारीले निजी क्षेत्र हतोत्साहित : नाडा

nada-newskarobar

उद्योगी डा. रुप ज्योति तथा उनकी छोरीलाई प्रहरीले पक्राउ गरेको विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले असन्तुष्टि जनाएको छ । नाडाले विज्ञप्ति जारी गरी प्रतिष्ठित उद्योगपतिको रुपमा मुलुकको व्यापार व्यवसाय र उद्योगधन्दाको स्थापना र प्रवर्धनमा विशेष योगदान पु-याउने व्यक्तिलाई आर्थिक लेनदेनको विषयलाई लिएर गरिएको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नाडाका महासचिव सुनिल रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उद्योग व्यवसाय गर्ने सन्दर्भमा गरिने सम्झौता एवं आर्थिक कारोवारहरुमा उत्पन्न हुने विवादको समाधान देवानी दायित्वअन्तर्गत साधिकार निकायबाट उपचार खोजी विवादको समाधान गर्ने वैकल्पिक मार्ग हुँदा हुँदै पनि गम्भीर प्रकृतिको कसुरमा पक्राउ गरी म्याद थप गर्ने, थुनामा राख्नेलगायतका कार्य हुँदा नेपालको समग्र निजी क्षेत्र हतोत्साहित भएको उल्लेख छ छ । छिटो टुंगोमा पुग्न सकिने लेनदेनको विषयमा समेत थुनछेक लम्ब्याउने मनसाय देखिँदा समग्र व्यावसायिक क्षेत्र सशंकित भएको नाडाले जनाएको छ । डा. ज्योति नाडाका पूर्वअध्यक्ष तथा ज्योति समूहका उपाध्यक्ष हुन् ।

प्रकाशित समय ०७:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु