fbpx

गृहपृष्ठ सेयर बजार १३ अंकले बढ्यो, ५५ करोडको कारोबार

सेयर बजार १३ अंकले बढ्यो, ५५ करोडको कारोबार

share-market-newskarobar

साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से ५५ अंकले उकालो लागेको छ । अन्यबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक १३.७७ अंकले बढेर ११४५.५७ अंकमा पुगेको छ ।

सोमबार १७७ कम्पनीको १९ लाख ९५ हजार ४५ कित्ता सेयर ५४ करोड ९९ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब दोब्बर हो । आइतबार २९ करोड ३१ लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।

सोमबार एनएमबी बैंकको मात्रै १३ करोड ९२ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो । एनएमबीको सेयर मूल्य ७.५८ प्रतिशत बढेको छ । त्यस्तै हिमालयन डिस्टिलरी, सबैको लघुवित्त, रिडी हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी र राधी विद्युत कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।

प्रकाशित समय २२:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु