fbpx

गृहपृष्ठ ग्लोबल आइएमईको नयाँ शाखा तनहुँको बन्दीपुरमा

ग्लोबल आइएमईको नयाँ शाखा तनहुँको बन्दीपुरमा

global-ime-bank-newskarobar

ग्लोबल आइएमई बैंकले तनहुँको बन्दीपुरमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले बन्दीपुर २, बन्दीपुरमा शाखा खोलेको हो । यससँगै बैंकको शाखा कार्यालय संख्या १५० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ ।

हाल बैंकका १५० शाखा, ३० राजस्व संकलन तथा एक्सटेन्सन काउन्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ इकाइ र नेपालबाहिर तीन प्रतिनिधि/सम्पर्क कार्यालय छन् । बैंकले ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित समय १९:४४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु