fbpx
Nepal Mediciti

गृहपृष्ठ आयात खुम्चिँदा भन्सार राजस्व पनि संकुचित

आयात खुम्चिँदा भन्सार राजस्व पनि संकुचित

trade-deficit

चालू आर्थिक वर्षको पहिलो २ महिनामा देशमा हुने आयात व्यापार थोरै अनुपातले भए खुम्चँदा सरकारको राजस्व संकलनमा पनि असर परेको छ । गत साउनमा अघिल्लो वर्षको सोही अवधिका तुलनामा साढे ११ प्रतिशतले घटेको आयात भदौमा १ दशमलव २२ प्रतिशतले मात्र कम भएको छ ।

यसको अर्थ, आयात पुनः क्रमसः बढ्दो क्रममा देखिएको छ । पहिलो २ महिनामा २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।

पहिलो २ महिनामा निर्यात भने अघिल्लो वर्षको तुलनामा २५ दशमलव ८७ प्रतिशतले बढेर १८ अर्ब ५० करोड रुपैयाँ पुगेको जनाइएको छ ।

गत वर्षको समान अवधिको तुलनामा आयात केही घटेको भए पनि भन्सारबाट संकलन हुने राजस्व थोरैले बढेको छ । गत वर्षको पहिलो २ महिनामा ५९ अर्ब ६९ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएकोमा यस वर्षको समान अवधिमा ६० अर्ब ३४ करोड रुपैयाँ भन्सार उठेको छ ।

पहिलो २ महिनाको कारोबारमा वीरगन्ज, विराटनगर र त्रिभुवन विमानस्थलबाट बढी वैदेशिक व्यापार भएको छ, जसमध्ये वीरगन्जबाट करिब २८ प्रतिशत, विराटनगरबाट २७ प्रतिशत र त्रिभुवन विमानस्थलबाट करिब २५ प्रतिशत आयात भएको विभागले जानकारी दिएको छ ।

प्रकाशित समय १६:१० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु