fbpx
Nepal Mediciti

गृहपृष्ठ इँटा उद्योगबाट हरेक साता ३० करोड रूपैयाँ भुक्तानी

इँटा उद्योगबाट हरेक साता ३० करोड रूपैयाँ भुक्तानी

सांकेतिक तस्बिर

नेपालका इँटा उद्योगीहरुले प्रत्येक साता ३० करोड रूपैयाँ ग्रामीण क्षेत्रका कामदारलाई भुक्तानी गर्ने गरेको बुधबार यहाँ आयोजित कार्यक्रममा बताइएको छ ।

कोसी अञ्चल इँटा उद्योग व्यवसायी संघको नवौँ साधारणसभामा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले विदेशी कामदार न्यूनीकरण गरी स्वदेशी कामदारलाई दक्ष बनाई रोजगार उपलब्ध गराउनुपर्ने बताए । उनले ग्रामीण क्षेत्रमा गरिबी निवारणमा ठूलो भूमिका निर्वाह गरेका उद्यमीहरुले इँटाको तौल घटाई गुणस्तरीय उत्पादन गर्नुपर्नेमा जोड दिए ।

मन्त्री कार्कीले पानी र असिनाबाट उद्योगीहरुलाई हुने क्षति न्यूनीकरण गर्न कानुनी, व्यवस्थापकीय लगायतका अन्य सहयोग गर्न सरकार तयार रहेको धारणा व्यक्त गरे ।

प्रदेशसभा सदस्य जयराम यादवले उद्यमीले जनस्वास्थ्यमा क्षति नपुर्‍याउन स्वदेशी तथा विदेशी उपकरण प्रयोग गर्न अनुदानलगायत भन्सार छुट उपलब्ध गराउन सहयोग गर्ने बताए ।

संघका अध्यक्ष महेन्द्रप्रसाद साह, महासचिव अरुण प्रधान, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेललगायतले नेपाल इँटामा आत्मनिर्भर रहेको जानकारी दिए । इँटा उद्योगले नेपालको कुल गार्हस्थ्य उत्पादनमा दुई प्रतिशत योगदान दिएको छ ।

नेपाल सरकारमा दर्ता भएका १ हजार ४ सय र संघमा दर्ता भएका एक हजार इँट्टा उद्योग विभिन्न जिल्लामा सञ्चालनमा रहेका छन् । संघले बुधबारै सहमतिका आधारमा नेतृत्व चयन गर्ने छ । (रासस)

प्रकाशित समय १५:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु