fbpx
corona information

गृहपृष्ठ इजी ट्याक्सीमा आबद्ध ट्याक्सीको बिमाका लागि प्रभु इन्स्योरेन्ससँग सम्झौता

इजी ट्याक्सीमा आबद्ध ट्याक्सीको बिमाका लागि प्रभु इन्स्योरेन्ससँग सम्झौता

इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीलाई बिमा सेवा उपलब्ध गराउने विषयमा प्रभु इन्स्योरेन्ससँग सम्झौता भएको हो ।

आइतबार प्रभु इन्स्योरेन्सको मुख्यालय तीनकुनेमा आयोजित एक कार्यक्रमका बीच इजी ट्याक्सी नेपालका प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल र प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा हस्ताक्षर गर्दै प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले इजी ट्याक्सी नेपालअन्तर्गत ट्याक्सी सेवा सञ्चालन गरिरहेका ट्याक्सी धनीलाई बिमा सुरक्षाको सम्पूर्ण सेवा उपलब्ध गराउन सहज हुने र दाबी भुक्तानीलाई सरल रुपमा फछ्र्यौट गरिने बताए ।

कार्यक्रममा कम्पनीहरुले आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमार्फत सञ्चालन भएका बिमा सेवा सुविधाका लागि संयुक्त सचेतना र सुविधाका कार्यक्रम तयार पार्ने सहमतिसमेत गरेका छन् । इजी ट्याक्सी नेपालका प्रमुख कार्यकारी अधिकृत पौडेलले एपमा आधारित भएर सेवा दिइरहेका ट्याक्सी व्यवसायीको बिमा सुविधा सुनिश्चित गरिने र त्यसले इजी ट्याक्सी एपको सेवा विस्तार हुने आशा व्यक्त गरे ।

इजी ट्याक्सी नेपालले विभिन्न योजनाहरु र अभियानमार्फत ट्याक्सी व्यवसायलाई थप मर्यादित र जिम्मेवार बनाउँदै डिजिटल मैत्री बनाइरहेको छ । जसले डिजिटल नेपालको अभियानलाई थप प्रवर्धन सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित समय १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु