गृहपृष्ठ प्राइम लाइफ इन्स्योरेन्सको लाभांश पारित
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश पारित

प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । पुस २७ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश पारित गरेको हो ।
बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले देशभरका १५० भन्दा बढी स्थानबाट जीवन बिमा सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित समय ०७:२८ बजे