fbpx
corona information

गृहपृष्ठ ज्योति लाइफ इन्स्योरेन्सको ‘ज्योति इजी पे’ योजना

ज्योति लाइफ इन्स्योरेन्सको ‘ज्योति इजी पे’ योजना

ज्योति लाइफ इन्स्योरेन्सले ‘ज्योति इजी पे’ जीवन बिमा योजना सार्वजनिक गरेको छ । प्रत्येक वर्ष समान बिमाशुल्क तिर्नु नपर्ने गरी कम्पनीले उक्त योजना बजारमा ल्याएको हो ।

योजनाको उद्घाटन कम्पनीको उच्च पदाधिकारीहरुको उपस्थितिमा सञ्चालक समितिले गरेको छ । प्रथम बिमाशुल्कपछि कम बिमाशुल्कमा यो योजनाले पूर्ण जोखिम बहन गर्नुका साथै राम्रो प्रतिफल पनि प्रदान गर्ने कम्पनीको दाबी छ ।

प्रत्येक वर्ष धेरै बिमा शुल्क बुझाउनुपर्ने अवस्थाको अन्त्य गर्न अघि सारिएको यो योजनामा प्रत्येक वार्षिकोत्सवमा भुक्तानी हुने बिमांकको ५ प्रतिशत रकम दोस्रो वर्षदेखिको नवीकरण बिमाशुल्कमा मिलान गरी कम बिमाशुल्कमा नै बिमालेख जारी हुने व्यवस्था गरिएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले जानकारी दिए ।

आईएसओ ९००१:२०१५ गुणस्तार चिह्न प्रमाणपत्र प्राप्त ज्योति लाइफ इन्स्योरेन्स चाँडै ६६ करोड रुपैयाँबराबरको सेयर सर्वसाधारणाका लागि निष्कासन गर्ने तयारीमा छ ।

प्रकाशित समय ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु