fbpx
corona information

गृहपृष्ठ सगरमाथा इन्स्योरेन्सको तीन महिनाको नाफा साढे ५ करोड

सगरमाथा इन्स्योरेन्सको तीन महिनाको नाफा साढे ५ करोड

sagarmatha-insurance-newskarobar

सगरमाथा इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १०.९२ प्रतिशत अर्थात ५४ लाख ७७ हजार रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा इन्स्योरेन्सको खुद बिमा शुल्क पनि १०.२२ प्रतिशतले बढेर ३५ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ३२ करोड ४९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

चुक्ता पुँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको सगरमाथा इन्स्योरेन्सको जगेडा कोषमा ५५ करोड २० लाख, बिमा कोषमा ६५ करोड ९२ लाख र महाविपत्ति कोषमा १३ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसा छ भने प्रतिसेयर नेटवर्थ २३४ रुपैयाँ ४४ पैसा छ । यो अवधिसम्ममा इन्स्योरेन्सले ५० हजार ८२४ वटा बिमालेख जारी गरेको छ भने ७३ करोड ६१ लाख रुपैयाँभन्दा बढी कुल बिमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी समीक्षा अवधिसम्ममा कम्पनीले १ हजार ३१८ वटा दाबीबापत २१ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार १३३ दाबी बापतको ९२ करोड ५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित समय २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु