fbpx
corona information

गृहपृष्ठ सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ११० प्रतिशतले बढ्यो

सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ११० प्रतिशतले बढ्यो

सानिमा जनरल इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ५६ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १०९.९९ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ७४ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क ३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ४८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा ५ करोड ६४ लाख, बिमा कोषमा ६ करोड ३९ लाख र महाविपत्ति कोषमा ६४ लाख ७६ हजार रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सले १५ हजार ७८४ वटा बिमालेख जारी गरी १२ करोड २५ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । त्यस्तै, २५४ वटा दाबीबापत २ करोड ६ लाख रुपैयाँ भुक्तानी भएको र ७९३ वटा दाबीबापत ११ करोड १९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ १२ पैसा छ ।

प्रकाशित समय २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु