fbpx
corona information

गृहपृष्ठ नेको इन्स्योरेन्सको खुद नाफामा ६५ प्रतिशतको वृद्धि

नेको इन्स्योरेन्सको खुद नाफामा ६५ प्रतिशतको वृद्धि

नेको इन्स्योरेन्सले चालू आर्थिक वर्षको असोजसम्ममा १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६५.२१ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क पनि ३०.६३ प्रतिशतले बढेर ४३ करोड २८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा इन्स्योरेन्सको खुद बिमा शुल्क ३३ करोड १३ लाख रुपैयाँमात्र थियो ।

वित्तीय विवरणअनुसार चुक्ता पुँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५८ करोड ४ लाख, बिमा कोषमा ८९ करोड ३९ लाख र महाविपत्ति कोषमा ८ करोड ५५ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७९ पैसा छ भने प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ४० पैसा छ । हालसम्म नेको इन्स्योरेन्सले ७८ हजार ४२ वटा बिमालेख जारी गरी ८६ करोड १७ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ ।

कम्पनीले १ हजार ५६६ वटा दाबीबापत २० करोड ३९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ४६९ वटा दाबीबापत ६६ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित समय २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु