fbpx
corona information

गृहपृष्ठ सिटिजन लाइफको खुद बिमा शुल्कमा उच्च वृद्धि

सिटिजन लाइफको खुद बिमा शुल्कमा उच्च वृद्धि

सिटिजन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ६० करोड ८६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८२.५ प्रतिशत बढी हो । समीक्षा अवधिमा गत वर्ष कम्पनीले ३३ करोड ३५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

तीन महिनाको अवधिमा इन्स्योरेन्सले ६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५ करोड १ करोड रुपैयाँ थियो ।

चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको सिटिजन लाइफ जारी पुँजीको ३० प्रतिशतबराबरको ७५ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने तयारीमा छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको जगेडा कोषमा ५४ करोड ३९ लाख, जीवन बिमा कोषमा २ अर्ब ८२ लाख र महाविपत्ति जगेडा कोषमा ४ करोड ७० लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा कम्पनीले १ लाख ३० हजार ४४६ वटा बिमालेख जारी गरी ६२ करोड ८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले ७३ वटा दाबीबापत १२ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६१ दाबीबापत २ करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रकाशित समय २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु