fbpx
corona information

गृहपृष्ठ प्रभु इन्स्योरेन्सको खुद नाफा ३७ प्रतिशत बढ्यो

प्रभु इन्स्योरेन्सको खुद नाफा ३७ प्रतिशत बढ्यो

प्रभु इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३७.३४ प्रतिशत बढी हो । गत वर्षको असोजसम्ममा कम्पनीले ४ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बिमा शुल्क पनि बढेको छ । असोजसम्ममा कम्पनीले २२ करोड २९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १६ करोड ९८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

चुक्ता पुँजी एक अर्ब ५ करोड ६२ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २३ करोड ५४ लाख, बिमा कोषमा ७० करोड ५७ लाख र महाविपत्ति कोषमा ८ करोड ९३ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिसम्ममा कम्पनीले २५ हजार ९८७ वटा बिमालेख जारी गरी ३६ करोड ३ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ भने ६ हजार ३६१ वटा बिमालेख नवीकरण भएका छन् ।

कम्पनीले १ हजार ७२ वटा दाबीबापत ९ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४५७ वटा दाबीबापत १३ करोड ३३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको वित्तीय विवरणमा उल्लेख छ । प्रभु इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ५ रुपैयाँ भने प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११० गुणा छ ।

प्रकाशित समय १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु