fbpx
corona information

गृहपृष्ठ अजोड इन्स्योरेन्सलाई आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति

अजोड इन्स्योरेन्सलाई आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति

अजोड इन्स्योरेन्सलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सलाई ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

आईपीओ निष्कासनपछि अजोडको चुक्तापुँजी एक अर्ब रुपैयाँ पुग्नेछ । इन्स्योरेन्सले निष्कासन गर्न लागेको आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल हो भने प्रत्याभुतकर्ता ग्लोबल आइएमई क्यापिटल र कुमारी क्यापिटल हुन् ।

इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको देखाउँछ । २०७६ पुस ११ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित समय १९:५२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु