fbpx
corona information

गृहपृष्ठ आर्थिक पत्रकारहरुको कोरोना बिमा

आर्थिक पत्रकारहरुको कोरोना बिमा

नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना बिमा गरिएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बिमा गरिएको हो ।

सेजनले आफ्ना प्रत्येक सदस्यहरुको पचास हजार रुपैयाँ बराबरको बिमांक रकमको कोरोना बिमा गराएको छ । बिमापछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखिम हुनेछ ।

युनाईटेड इन्स्योरेन्सले यस बन्दाबन्दीको अवधिमा डिजिटल प्रविधिको माध्यमवाट बिमा सेवा प्रवाह गरिरहेको जनाएको छ । कम्पनीका अनुसार, हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर, बिमा अग्नि बिमा, इन्जिनियरिङ बिमा, कृषि तथा पशुपन्छी बिमा लगायतका बिमा लेखहरु जारी गर्दै आएको छ ।

प्रकाशित समय १७:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु