fbpx
corona information

गृहपृष्ठ ट्राफिक प्रहरीलाई शिखर इन्स्योरेन्सको स्वास्थ्य सामग्री सहयोग

ट्राफिक प्रहरीलाई शिखर इन्स्योरेन्सको स्वास्थ्य सामग्री सहयोग

कोरोना महामारी रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई शिखर इन्स्योरेन्सले स्वास्थ्य सामग्री प्रदान गरेको छ । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई आइतबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

महाशाखा प्रमुख ढकालले कोरोनाभाइरसको जोखिमबाट बच्न सरकारले लागू गरेको लकडाउनलाई कडाइका साथ पालना गराउन अग्रपंतिमा रही आमनागरिकको सेवा र सुरक्षामा सक्रिय रूपमा खटिरहेको ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्न महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेले माहामारीको घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाट बच्न र काम गर्ने मनोबल बढाउन स्वास्थ्य सामग्री प्रदान गरिएको जनाए ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार शिखर इन्स्योरेन्सले केएन९५ मास्क १ हजार ५०० थान, मेडिकल मास्क ५ हजार थान, चस्मा १ हजार ५०० थान, फेस सिल्ड (भाइजर) १ हजार ५०० थान, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री महाशाखालाई प्राप्त भएको छ ।

प्रकाशित समय २१:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु