fbpx

गृहपृष्ठ ज्योती लाइफ इन्स्योरेन्स र अस्ट्युट क्यापिटलबीच सम्झौता

ज्योती लाइफ इन्स्योरेन्स र अस्ट्युट क्यापिटलबीच सम्झौता

jyoti-life, kcl-astute

ज्योती लाइफ इन्स्योरेन्स र केसिएल अस्ट्युट क्यापिटलबीच सम्झौता भएको छ । नेपालीहरुको छरिएर रहेका सेयर तथा लगानीलाई व्यवस्थित गर्ने उद्देश्यले स्थापना भएको केसिएल अस्ट्युट र ज्योती लाइफबीच एक अर्काका ग्राहकलाई विशेष छुट सुविधा दिने सहमति भएको हो ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै ज्योती लाइफका उपकार्यकारी प्रमुख प्रकाशविक्रम खत्री र केसिएल अस्ट्युटका उपकार्यकरी प्रमुख निर्मल भट्टराईले लगानी व्यवस्थापन र जीवन बिमालाई जोडेर सँगै लैजान सम्झौता गरिएको बताए ।

agreement-newskarobar

सम्झौतासँगै ज्योती लाइफका बिमित र कर्मचारीले केसिएल अस्ट्युटबाट लगानी व्यवस्थापन तथा डिम्याट एकाउन्ट खोल्दा विशेष छुट सुविधा पाउने भएका छन् । केसिएल अस्ट्युटले हात्तीसारस्थित केन्द्रीय कार्यालयबाट लगानी व्यवस्थापन तथा डिम्याटसमन्धी कार्य गर्दै आएको छ भने ज्योती लाइफ नेपाली बिमा कम्पनीको इतिहासमा पहिलो पटक घातक रोगविरुद्धको उपचारसम्मन्धी सुविधा ल्याउने बिमा कम्पनी हो ।

प्रकाशित समय १४:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु