fbpx
Nepal Mediciti

गृहपृष्ठ एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद चाँडै

एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद चाँडै

NLG-Insurance-newskarobar

एनएलजी इन्स्योरेन्स कम्पनीको तेह्रौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/०७५ को वासलात, २०७४ साउन १ देखि २०७५ असार ३२ सम्मको नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण तथा त्यससँग सम्बन्धित अनुसूचीलगायतका विषयमाथि छलफल गरी पारित गरेको छ ।

कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्लेले विगतमा कम्पनीले नियमित लाभांश प्रदान गर्दै आएकोमा यसपटक बिमा समितिको निर्देशनअनुसार एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा विभिन्न किसिमको व्यवस्था तथा जगेडामा रकमान्तर गर्नुपर्दा लक्ष्यअनुसार लाभांश वितरण गर्न नसकिएको जानकारी गराए ।

बिमा समितिको निर्देशनअनुसार १ अर्ब चुक्ता पुँजी पु–याउन २०७६ जेठ १४ गते सम्पन्न विशेष साधारण सभाको निर्णयअनुसार ६० प्रतिशत हकप्रद सेयर जारी गर्न लागिएको उनले जानकारी गराए । कम्पनीले आव २०७४/०७५ मा कुल बिमा शुल्क आम्दानी १५० करोड, खुद बिमा शुल्क आम्दानी ६९ करोड र खुद नाफा २४ करोड ७६ लाख रुपैयाँ गरेको छ ।

प्रकाशित समय १६:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु