fbpx
Nepal Mediciti

गृहपृष्ठ कर्णालीका सबै १७ लाख ७० हजार नागरिकको बिमा

कर्णालीका सबै १७ लाख ७० हजार नागरिकको बिमा

karnali-insurance-newskarobar

कर्णाली सरकारले प्रदेशका सबै नागरिकको एक लाख रुपैयाँबराबरको बिमा गरिदिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राष्ट्रिय बिमा कम्पनीसँग मिलेर कर्णाली प्रदेशका १७ लाख ७० हजार नागरिकको सामूहिक दुर्घटना बिमा सम्झौता गरेको हो ।

सम्झौतामा बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल र मन्त्रालयका प्रदेश सचिव वीरेन्द्रकुमार यादवले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रदेशका कुनै पनि नागरिकको विपद् दुर्घटनामा मृत्यु भएमा बिमाबापत १ लाख रूपैयाँ उपलब्ध गराइनेछ ।

मन्त्रालयले प्रदेशका १० हजार घरको समेत निःशुल्क बिमा गर्ने तयारी गरेको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिको सिफारिसका आधारमा १० जिल्लाका १० हजार घरको बिमा गर्ने तयारी गरिएको प्रदेश सचिव यादवले जानकारी दिए । घरको बिमा ५ लाखबराबरको हुनेछ ।

बिमा शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले विपदको उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठूलो क्षति व्यहोनुपर्ने अवस्थालाई ध्यानमा राख्दै सरकारले राहतस्वरुप बिमा कार्यक्रम सुरू गरेको बताए ।

प्रकाशित समय १८:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु