fbpx

गृहपृष्ठ पोखरामा बिमा संस्थानको जीवन बिमा अभिकर्ता तालिम

पोखरामा बिमा संस्थानको जीवन बिमा अभिकर्ता तालिम

Beema-Sansthan-newskarobar

राष्ट्रिय बिमा संस्थानले पोखरामा जीवन बिमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ । भदौ २६ देखि २८ गतेसम्म भएको तालिममा ५० जनाको सहभागिता थियो । तालिममा बिमाको परिचय, सिद्धान्त, प्रकार र राष्ट्रिय बिमा संस्थानका बिमालेखबारे जानकारी गराइएको थियो ।

त्यसैगरी बिमा ऐन, नियमावलीलगायतका कानुनहरु र अभिकर्ताले पाउने सेवा सुविधाबारे स्पष्ट पारिएको थियो । अभिकर्ता संख्या वृद्धि र व्यवसाय विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बिमा संस्थानले जनाएको छ ।

प्रकाशित समय ०९:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु