fbpx
Nepal Mediciti

गृहपृष्ठ सानिमा लाइफ इन्स्योरेन्सको एकदिने बिमा अभिमुखीकरण

सानिमा लाइफ इन्स्योरेन्सको एकदिने बिमा अभिमुखीकरण

sanima-life-insurance-newskarobar

मानव जीवनमा बिमाको महत्व र फाइदाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सुनसरीको इटहरीमा प्रदेश १ का १४ जिल्लामा रहेका शाखाका प्रबन्धक तथा कर्मचारीलाई सानिमा लाइफ इन्स्योरेन्सले एकदिने बिमा अभिमुखिकरण सम्पन्न गरेको छ ।

शाखा कार्यालयका कर्मचारीमार्फत जिल्लाका ग्रामीण भेगमा बिमाको महत्व तथा फाइदाबारे सर्वसाधारणलाई जनचेतना जगाउन एकदिने अभिमुखिकरण सम्पन्न गरिएको हो । कार्यक्रममा नजिकिएको नेपालीहरूको महान पर्व बडादसैं र तिहारको अवसरमा सानिमाले ल्याएका विभिन्न अफरबारे जानकारी र बैंकको पहँुच नपुगेका प्रदेशका ग्रामीण भेगमा जीवन बिमाबारे जनचेतना जगाउन प्रदेश १ का १४ वटै जिल्लाबाट शाखा प्रबन्धकको भेला गरिएको सानिमा लाइफका प्रदेश १ प्रबन्धक राजन निरौलाले जानकारी दिए ।

कार्यक्रममा इन्स्योरेन्सका नायब महाप्रबन्धक चुडामणि चापागाई, कर्पाेरेट हेड गुणराज श्रेष्ठ, इटहरी शाखा प्रबन्धक सन्तोष भट्टराईलगायतको उपस्थिति थियो ।

प्रकाशित समय ०८:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु