fbpx
Nepal Mediciti

गृहपृष्ठ मोरङमा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु

मोरङमा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु

मोरङमा आइतबारदेखि स्वास्थ्य बीमा दर्ता कार्यक्रम सुरु भएको छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई बीमा कार्ड प्रदान गरी कार्यक्रमको सुभारम्भ गरेका हुन् । मन्त्री घिमिरेले मोरङमा तदारुकताका साथ स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने अठोट गरे ।

मोरङको १० लाख जनसंख्या मध्ये आगामी वर्षमा ४ लाखको बीमा गरिने बोर्डले जनाएको छ । ५ जनाको परिवारले ३५ सय रकम तिरेमा १ लाख सम्मको सेवा प्राप्त गर्न सक्ने बताइएको छ । यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, कुष्ठरोगीका परिवार, एमडीआर टीबी भएकाको परिवार, एचआइभी संक्रमितको परिवार र पूर्णअपाङ्गता भएका परिवारले निःशुल्क रुपमा १ लाख सम्मको स्वास्थ्य बीमाबाट उपचार पाउने बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि १ सय ५९ जनालाई ३ दिने दर्ता सहयोगी तालिम प्रदान गरिएको प्रदेश सहसंयोजक दुर्गा आचार्यले जानकारी दिए ।

प्रकाशित समय १०:५० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु