fbpx
Nepal Mediciti

गृहपृष्ठ सानिमाले ल्यायो वार्षिक धनफिर्ता बिमा योजना

सानिमाले ल्यायो वार्षिक धनफिर्ता बिमा योजना

sanima-life-insurance-newskarobar

सानिमा लाइफ इन्स्योरेन्सले सानिमा वार्षिक धनफिर्ता (अग्रिम भुक्तानी सावधिक) जीवन बिमा योजना सुरु गरेको छ । १६ वर्षदेखि ५५ वर्ष उमेर समूहका जीवन बिमाका लागि योग्य व्यक्तिले यो योजनाअन्तर्गत १५ र २० वर्षे अवधिका लागि जीवन बिमा गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजनामा अधिकतम बिमा समाप्ति उमेर ७० वर्ष छ । न्यूनतम बिमांक एक लाख रुपैयाँ र अधिकतम बिमांक आयस्रोतका आधारमा निर्धारण हुने कम्पनीले जनाएको छ ।

१५ वर्ष अवधिका लागि जीवन बिमा गरेमा प्रत्येक वर्ष बिमाको वार्षिकोत्सव मितिमा बिमांकको ६ प्रतिशतका दरले भुक्तानी गरिने कम्पनीले जनाएको छ । त्यसैगरी २० वर्ष अवधिका लागि जीवन बिमा गरेमा प्रत्येक वर्ष बिमाको वार्षिकोत्सव मितिमा बिमांकको ५ प्रतिशतका दरले प्रदान गरिनेछ । दुवै अवधिको बिमा योजनाअन्तर्गत बिमा समाप्ति मितिमा अग्रिम भुक्तानी गरी बाँकी रहेको बिमांक र पूरा अवधिको आर्जित बोनस एकमुष्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।

बिमा अवधिभित्र बिमालेख चालु रहेको अवस्थामा बिमितको मृत्यु भएमा अग्रिम भुक्तानी गरेको रकम कट्टान गरी शतप्रतिशत बिमांक र समानुपातिक आर्जित बोनस एकमुष्ट बिमितले इच्छाएको व्यक्ति वा सो नभए बिमा ऐन २०४९ को दफा ३८ अन्तर्गतको कानुनी हकवालालाई भुक्तानी गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १६:४५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु