fbpx

गृहपृष्ठ इटहरी र कटारीमा मेटलाइफको एजेन्सी कार्यालय

इटहरी र कटारीमा मेटलाइफको एजेन्सी कार्यालय

MetLife-Itahari-newskarobar

मेटलाइफ एलिकोले प्रदेश १ का इटहरी र कटारीमा एजेन्सी कार्यालय स्थापना गरेको छ । कम्पनीका प्रमुख वितरण अधिकृत अरुण बस्नेत तथा अन्य कर्मचारीको उपस्थितिमा कम्पनीका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले दुवै कार्यालय उद्घाटन गरेका हुन् ।

कम्पनीका ग्राहकलाई थप सुविधा एवं सहजता प्रदान गर्न सहयोग पुग्ने गरी एजेन्सी कार्यालय स्थापना गरिएको हो । कार्यालयले ग्राहकलाई बिमा शुल्क तथा आवेदन संकलन, बिमालेख हस्तान्तरण तथा बिमालेख परिवर्तन र पुनःस्थापना, ग्राहकको जिज्ञासा तथा अनुरोध बुझ्ने र अन्य कागज पत्रको पर्याप्तता हेर्ने जस्ता सेवा प्रदान गर्नेछ । दुवै एजेन्सी कार्यालय विराटनगरस्थित शाखा कार्यालयमातहत रहने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १४:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु