fbpx
Nepal Mediciti

गृहपृष्ठ रिलायन्स लाइफ इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच सम्झौता

Reliance Life Insurance premium payment from Khalti newskarobar

रिलायन्स लाइफ इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत बिमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहकले खल्ती एपमार्फत सिधै बिमा शुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।

ग्राहकले आफ्नो बिमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत सहजै बुझाउन सक्ने कम्पनीले जनाएको छ । सम्झौतापछि रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपालमा जीवन बिमा सेवालार्ई पुनः परिभाषित गर्न चाहेको बताए । ‘खल्तीसँग सहकार्य गरी बिमा शुल्कको डिजिटल भुक्तानी सेवा सुरु गर्न पाउँदा हामी उत्साहित छौं,’ उनले भने, ‘डिजिटल भुक्तानी सेवाले ग्राहकलाई सुविधा पु–याउनुका साथै इन्स्योरेन्स उद्योगलाई पनि फाइदा पुग्नेमा हामी विश्वस्त छौँ ।’ डिजिटल माध्यमबाट बिमा शुल्क तिर्दा ग्राहकको सजिलै अनलाइन रेकर्ड रहने हुँदा अनियमितता रोक्न मद्दत पुग्ने उनको विश्वास छ । त्यस्तै खल्तीका प्रबन्ध निर्देशक मनिष मोदीले रिलायन्स लाइफसँगको सहकार्यपछि हामीले नगद पैसाबिनाको नेपालका लागि एउटा अर्को पाइला अगाडि सारेको महसुस भएको बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा मोबाइल सेवाको पहुँच १३६ प्रतिशतभन्दा धेरै छ भने ६४ प्रतिशत जनसंख्याले तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रयोग गर्छन् । त्यस्तै ७० लाख नेपालीले मोबाइल बैंकिङ सेवा र करिब ९ लाखले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो अवस्थामा खल्ती र रिलायन्स लाइफले सुरुवात गरेको डिजिटल इन्स्योरेन्स भुक्तानी सेवाले धेरै महत्व कम्पनीले जनाएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको स्थापना २०७४ मंसिर १ गते भएको हो । कम्पनीको जारी पुँजी २ अर्ब १० करोड र चुक्तापुँजी १ अर्ब ४७ करोड रुपैयाँ छ । रिलायन्स लाइफले ८८ शाखा, उपशाखाबाट सेवा प्रदान गरिरहेको छ ।

सन् २०१७ जनवरी २६ बाट नेपाली बजारमा सेवा सुरु गरेको खल्ती डिजिटल वालेट हो । खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटल रुम बुकिङका साथै ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाको ग्राहक–शुल्क तिर्ने जस्ता सेवा लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताको संख्या ८ लाखभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय ११:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु