fbpx
Nepal Mediciti

गृहपृष्ठ पोखरामा महालक्ष्मी लाइफको प्रथम शाखा सम्मेलन

पोखरामा महालक्ष्मी लाइफको प्रथम शाखा सम्मेलन

Mahalaxmi-Life-Insurance-Pokhara-newskarobar

महालक्ष्मी लाइफ इन्स्योरेन्सले साउन १२ र १३ गते पोखरामा प्रथम वार्षिक शाखा सम्मेलन सम्पन्न गरेको छ । ‘स्ट्राट्रेजिक बिजनेस मिट २०१९’ नाम दिइएको सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख र देशभर रहेका ४७ वटा शाखाप्रमुख गरी ६५ जनाको सहभागिता थियो ।

‘लर्न, पर्फम, लिड’ नाराका साथ सञ्चालित सम्मेलनको पहिलो दिन आर्थिक वर्ष २०७६/७७ को लक्ष्य, रणनीति र कार्यक्रमबारे बृहत छलफल भएको थियो । दोस्रो दिन सम्पूर्ण शाखा र उपशाखा प्रमुखलाई लेखा, अन्डरराइटिङ, एजेन्सीलगायतका विविध विषयमा प्रधान कार्यालयका अधिकृतले जानकारी गराएका थिए ।

कार्यक्रममा सञ्चालक सुरेश सापकोटाबाट लक्ष्य पूरा गर्नेलाई नगद पुरस्कार र विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको थियो ।

२०७५ माघ २७ बाट सञ्चालनमा आएको महालक्ष्मी लाइफ इन्स्योरेन्सले चार महिनाको छोटो अवधिमै ५० जिल्लामा तालिम तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको, ४७ शाखा कार्यालय स्थापना गरेको, पाँचवटा प्रोडक्ट प्रचलनमा ल्याएको र २५ करोड प्रिमियम संकलन गरेको छ ।

कम्पनीले चालू आवमा थप ५० शाखा र उपशाखा स्वीकृति लिई सयभन्दा बढी कार्यालय सञ्चालनमा ल्याउने र प्रथम बिमा शुल्कमा अर्ब क्लबमा पुग्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए ।

प्रकाशित समय ०७:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु