fbpx
Nepal Mediciti

गृहपृष्ठ बीमा कम्पनीलाई सूचना अधिकारी नियुक्त गर्न ताकेता

बीमा कम्पनीलाई सूचना अधिकारी नियुक्त गर्न ताकेता

सबै बीमा कम्पनीले अब सूचना अधिकारी नियुक्त गर्नुपर्ने भएको छ ।

बीमा समितिले बीमा कम्पनीहरुलाई सूचना अधिकारी नियुक्त गर्न निर्देशन दिएको हो । थोरै मात्रै बीमा कम्पनीहरुले सूचना अधिकारीको व्यवस्था गरेका छन् । सूचना अधिकारी नै नतोकिँदा सूचनाको हक नै हनन भएको थियो । बीमा समितिले पनि हालसालै सूचना अधिकारी नियुक्त गरेको छ ।

समितिका नवनियुक्त प्रवक्ता निर्मल अधिकारीले सूचना अधिकारी नियुक्त गरी वेभसाईटमा समेत सूचना अधिकारीको नाम तथा सम्पर्क अपलोड गरी सो विवरण समितिमा पठाउन निर्देशन दिइएको बताए ।

प्रकाशित समय ०७:५१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु