fbpx
Nepal Mediciti

गृहपृष्ठ अजोड इन्स्योरेन्सले साधारण सेयर निष्कासन प्रक्रिया अघि बढायो

अजोड इन्स्योरेन्सले साधारण सेयर निष्कासन प्रक्रिया अघि बढायो

ajod-insurance-newskarobar

अजोड इन्स्योरेन्सले साधारण सेयर निष्कासनका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा सोमबार आयोजित प्रथम वार्षिक साधारण सभाले सर्वसाधारणका लागि ३० करोड रुपैयाँबराबरको प्राथमिक सेयर निष्कासन गर्नेसहितका प्रस्ताव पारित गरेको हो ।

बिमा समितिले निर्जीवन बिमा कम्पनीलाई न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी पु-याउन दिएको निर्देशनअनुरूप कम्पनीले ३० करोडबराबरको सेयर जारी गर्न लागेको प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले जानकारी दिए । हाल कम्पनीको संस्थापकबाट ७० प्रतिशत हिस्साबराबरको ७० करोड रुपैयाँ चुक्ता पुँजी छ ।

साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक पनि निर्वाचित गरेको छ । आजाद श्रेष्ठ, रामबहादुर गुरुङ, सागर गुरुङ र चिरञ्जीवी ध्वा निर्वाचित भएका हुन् ।

प्रकाशित समय २१:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु