fbpx
Nepal Mediciti

गृहपृष्ठ अजोड इन्स्योरेन्स दोस्रो वर्षमा, चाँडै आईपीओ जारी गर्ने

अजोड इन्स्योरेन्स दोस्रो वर्षमा, चाँडै आईपीओ जारी गर्ने

ajod-insurance-limited-newskarobar प्रथम वार्षिकोत्वसका अवसरमा आयोजित रक्तदान कार्यक्रमका कम्पनीका सीईओ कुमार खत्रीलगायतका सहभागी ।

अजोड इन्स्योरेन्स शुक्रबारदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । स्थापनाको एक वर्ष पूरा गर्दैगर्दा २९ शाखा सञ्जाल र १७५ कर्मचारीमा फैलिएको अजोड इन्स्योरेन्सले चाँडै आईपीओ जारी गर्ने घोषणा गरेको छ ।

अजोड इन्स्योरेन्सको केन्द्रीय कार्यालय सिटिसी मलको भुइँ तलामा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीले अब हुने साधारणसभाले आईपीओसम्बन्धी निर्णय गर्ने जानकारी दिए । ‘पहिलो साधारण सभा नगरी आईपीओ जारी गर्ने प्रावधान छैन,’ उनले भने, ‘साधारण सभाले यससम्बन्धी निर्णय गर्नेछ ।’

हाल ७० करोड चुक्ता पुँजी रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ जारी भएसँगै एक अर्ब पुग्नेछ । केन्द्रीय कार्यालय, २९ शाखा, १७ वटा बिमा काउन्टर र एउटा ग्राह सेवा केन्द्र रहेको कम्पनीले बिमाको पहुँच वृद्धिका लागि ३३ वटा वित्तीय संस्थासँग सहकार्य गरेको छ । त्यस्तै, कृषितर्फ २०० र अन्य २०० गरी कम्पनीमा ४०० भन्दा बढी एजेन्ट छन् ।

अनलाइन सिस्टमबाट बिमा पोलिसी जारी गर्दै आएको कम्पनीले अब डिजिटल मार्केटिङलाई विशेष प्राथमिकता दिने जनाएको छ । कम्पनीले हाल २ लाखसम्मको बिमा दाबी भुक्तानी ‘अन द स्पोर्ट’ गरिरहेको सीईओ खत्रीले जानकारी दिए ।

प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा ५९ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका सीईओ खत्रीलगायत बैंक उच्च कर्मचारी एवं सर्वसाधारणले रक्तदान गरेका हुन् ।

प्रकाशित समय १७:४१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु