गृहपृष्ठ सानिमा लाइफ इन्स्योरेन्सको ११ घातक रोगका लागि बिमा योजना

सानिमा लाइफ इन्स्योरेन्सको ११ घातक रोगका लागि बिमा योजना

sanima-life-linsurance-newskarobar

सानिमा लाइफ इन्स्योरेन्सले कडा प्रकृतिका ११ प्रकारका रोगको उपचारमा सहयोग पु-याउने गरी नयाँ स्वास्थ्य बिमा योजना सार्वजनिक गरेको छ । ‘सानिमा घातक रोग रक्षावरण स्वास्थ्य बिमा योजना’ नाम दिइएको योजनामा क्यान्सर, मृगौला, अंग दान, बोनम्यारो प्रत्यारोपण, ओपन हार्ट सर्जरी, हृदयाघात, मस्तिष्कघातलगायत रोगको उपचार समेटिएको कम्पनीले जनाएको छ ।

सानिमा लाइफ इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमल्सिनाले बिमा योजनाले १८ देखि ५५ उमेर समूहलाई समेट्ने र ५० हजारदेखि ५० लाख रुपैयाँसम्मको बिमा दाबी गर्न सकिने बताए । पैसा र उपचारको अभावमा कसैको पनि अकालमा मृत्यु नहोस् भन्नाका लागि उपचारमा सहयोग पु–याउने गरी योजना ल्याएको उनले जानकारी दिए ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु