गृहपृष्ठ बिमा कभरेज २५ प्रतिशत पु-याउँछु : चिरञ्जीवी चापागाईं

बिमा कभरेज २५ प्रतिशत पु-याउँछु : चिरञ्जीवी चापागाईं

chiranjiwi-chapagain-newskarobar

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आफ्नो कार्यकालमा बिमाको पहुँच २५ प्रतिशतमा पु-याउने बताएका छन् । युनियन लाइफ इन्स्योरेन्सको प्रादेशिक कार्यालय उद्घाटन गर्दै अध्यक्ष चापागाईंले भने, ‘सात प्रतिशतको कभरेज करिब २ वर्षमै १८ प्रतिशत पुगिसकेको छ, मेरो कार्यकाल अब ४ वर्षजति बाँकी छ, यो अवधिमा २५ प्रतिशत पु-याउँछु ।’

नयाँ बिमा कम्पनी र शाखा विस्तारले बिमाको पहुँच तीव्र गतिमा बढिरहेको उनको भनाइ छ । बिमा समितिले पूर्वका झापा, संखुवासभादेखि पश्चिम बझाङसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको अध्यक्ष चापागाईंले जानकारी गराए ।

इन्स्योरेन्स कम्पनीले रोजगारी सिर्जना गर्न योगदान पु-याएको पनि उनले बताए । युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले चालू आर्थिक वर्षको ११ महिनामा १ अर्ब ९२ लाख बिमा शुल्क आर्जन गरेको जानकारी गराए । कम्पनीको व्यवसाय विस्तारमा कर्मचारी तथा अभिकर्ताको अमूल्य योगदान रहेको उनको भनाछ छ ।

युनियन इन्स्योरेन्सले प्रादेशिक कार्यालयको रुपमा प्रदेश ३ को काठमाडौं बबरमहलमा कार्यालय सञ्चालनमा ल्याएको हो । प्रदेशिक कार्यालयको बिमा समितिका अध्यक्ष चापागाईं र कम्पनीका सञ्चालक समिति अध्यक्ष सुलभ अग्रवालले उद्घाटन गरे ।

प्रकाशित समय १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु