गृहपृष्ठ रिलायन्स लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

रिलायन्स लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

reliance-life-insurance-newskarobar

रिलायन्स लाइफ इन्स्योरेन्सले सानिमा क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले सय रुपैयाँ दरको ६३ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्नका लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

सम्झौतापत्रमा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी र रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गरेका छन् । सिद्धार्थ बैँकलगायत नेपालका केही प्रतिष्ठित घरानाहरुद्वारा प्रवर्धित रिलायन्स लाइफ इन्स्योरेन्स २०७४ सालदेखि सञ्चालनमा आएको हो । कम्पनीका हाल ८८ वटा शाखा उपशाखा कार्यालय छन् ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड छ । चुक्ता पुँजीको ३० प्रतिशतका दरले हुन आउने रकम ६३ करोडबराबरको सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि छुट्याइएको छ ।

प्रकाशित समय १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु