fbpx
Nepal Mediciti

गृहपृष्ठ ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा संस्थानबीच बीमा सेवा सम्झौता

ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा संस्थानबीच बीमा सेवा सम्झौता

globalime-bima-sansthan-newskarobar

ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा संस्थानबीच बीमा सेवा सम्झौता भएको छ । यससँगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकलाई जीवन बीमासम्बन्धी सेवा प्रदान गर्नेछ ।

सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले हस्ताक्षर गरे । सम्झौतासँगै ग्लोबल आईएमई बैंकका १३७ वटै शाखाबाट राष्ट्रिय बीमा संस्थानको जीवन बीमा योजना खरिद गर्नुका साथै जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १२:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु