fbpx
Nepal Mediciti

गृहपृष्ठ घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानलाई सरकारको साथ

घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानलाई सरकारको साथ

ghumti-beema-newskarobar

बिमाको पहुँच विस्तारका लागि चेतना अभिवृद्धिको अपहार्यतालाई महसुस गर्दै निजी क्षेत्रबाट सुरु भएको ‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’लाई सरकारले सम्बोधन गरेको छ । नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस)ले २०७५ चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट औपचारिक उद्घाटन गर्दै  सुरु गरेको घुम्ती बिमा कार्यक्रमलाई सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सम्बोधन गरेको हो ।

प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा बुधबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि र लघुउद्यम सेवामा बिमा सेवा सहज गर्न घुम्ती बिमा कार्यक्रम सञ्चालन गरिने बताए । त्यस्तै, बिमाको पहुँच विस्तार हुने गरी बिमा सेवाप्रदायक निकायहरुको संस्थागत र प्रणालीगत सुधार गरिने पनि अर्थमन्त्रीले जानकारी गराए ।

एनसिसले बेलकाबाट उद्घाटन गरेको अभियानको पहिलो चरणअन्तर्गत धनुषाको सबैला नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, सुनसरीको इनरुवा नगरपालिका, मोरङको कोशी हरैँचा नगरपालिका, झापाको कनकाई नगरपालिका, काभ्रेको पनौती नगरपालिका र धादिङको रि गाउँपालिकामा कार्यक्रम गरिनेछ । प्रतिकूल मौसमका कारण निर्धारित समयमा सुरु हुन नसकेको कार्यक्रम अब केही महिनाभित्रै सुरु हुने एनसिसले जनाएको छ ।

कार्यक्रमअन्तर्गत ‘भिडियो अन ह्विल’ अवधारणाबाट स्थानीय तहसम्म पु-याइने कार्यक्रममा सचेतनामूलक श्रव्यदृश्य सामग्री, सडक नाटक, विज्ञका विचार र कालाकारमार्फत प्रस्तुति दिएर नागरिकलाई बिमा अभिप्रेरित गरिनेछ । बेलकाबाट सुरु भएको घुम्ती बिमा कार्यक्रममा ५ हजारभन्दा बढी सर्वसाधारणको सहभागिता थियो ।

ghumti bima_newskarobar
चैत ९ गते बेलकामा आयोजित घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानको उद्घाटन गर्दै बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं ।

बिमा सचेतना बढाउने, बिमाको पहुँचबाहिर रहेका नागरिकलाई बिमाको पहुँचमा ल्याउने, बिमालक्षित सरकारी योजनामा सहयोग पु-याउने र सामाजिक सुरक्षा प्रवर्धन गर्ने उद्देश्यले सुरु भएको अभियानले सरकारको साथ पाउनु गर्वको विषय भएको एनसिसकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले बताइन् । ‘सरकारले घुम्ती बिमा कार्यक्रमको अपरिहार्यता महसुस गरेको छ, ‘ उनले भनिन्, ‘यो हाम्रो लागि धेरै खुसीको कुरा हो ।’

एनसिसले मुलुकका सातै प्रदेशमा सञ्चालन गर्न लागेको घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानलाई अर्थमन्त्री डा. खतिवडाले बलियो साथ दिने बताएका थिए । एनसिस प्रतिनिधिसँग अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्रीले मुलुकलाई आवश्यक काम गर्न लागेको भन्दै सराहना गरेका थिए ।

घुम्ती बिमालाई अर्थमन्त्रीको साथ

ghumti bima_newskarobar

घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानका लागि एनसिस र प्रभु लाइफ इन्स्योरेन्सबीच विशेष समन्वय भएको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स र नेपाल टेलिकमसँग पनि समन्वय भएको एनसिसले जनाएको छ । एनसिस न्युज कारोबार प्रकाशनार्थ स्थापित नेपाल समाचार केन्द्रको भगिनी संस्था हो ।

नेपालमा बिमा सेवा सुरुवात भएको ६८ वर्षसम्म कुल जनसंख्याको ७ प्रतिशतमात्र नागरिक बिमाको पहुँचमा थिए । दुई वर्षयता १० प्रतिशत वृद्धि भएर पुससम्ममा १७ प्रतिशत पुगेको छ । बिमा समितिमा आएको नयाँ नेतृत्वले गरेका संरचनागत तथा प्रक्रियागत सुधारका कारण बिमाको दायरा दुई वर्षमै १४३ प्रतिशत बढेको हो ।

यो पनि पढ्नुहोस्

बेलकाबाट ‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’ को भव्य उद्घाटन

घुम्ती बिमाबारे के भन्छन् विज्ञ ?

घुम्ती बिमा कार्यक्रम सुरु, बिमा क्षेत्रमा उत्साह

प्रकाशित समय १२:१० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु