fbpx
Nepal Mediciti

गृहपृष्ठ सानिमा इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सबीच बिमा सेवा सम्झौता

सानिमा इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सबीच बिमा सेवा सम्झौता

manjushree-finance-sanima-insurance-newskarobar

सानिमा जनरल इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सबीच बिमा सेवासम्बन्धी सम्झौता भएको छ । बिमा सेवालाई गुणस्तरीय रुपमा विस्तार गर्ने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा सानिमा जनरल इन्स्योरेन्सका उपमहाप्रबन्धक सुवोधलाल श्रेष्ठ र मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा फाइनान्सका बैंकास्योरेन्स प्रमुख प्रेस्का थापा, सानिमा जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक राजु पौडलेलगायतको उपस्थिति थियो ।

सम्झौतासँगै मञ्जुश्री फाइनान्सका ग्राहकले सानिमा जनरल इन्स्योरेन्सको बिमालेख लिन, बिमा शुल्क भुक्तानी गर्न र बिमा दाबी भुक्तानीसहितका सम्पूर्ण सुविधा फाइनान्सका सबै शाखाबाट प्राप्त गर्न सक्ने भएका छन् ।

प्रकाशित समय १०:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु