fbpx
sag

गृहपृष्ठ महालक्ष्मी लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच सम्झौता

महालक्ष्मी लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच सम्झौता

Mahalaxmi Life Insurance-newskarobar

एनआई सी एशिया बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकले देशभरका २८१ वटै शाखाबाट सहज रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरे । देशभर २८१ वटा शाखा रहेका एनआईसी एशिया बैंकका २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकिङ इकाइ छन् ।

प्रकाशित समय १५:४२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु