fbpx
Nepal Mediciti

गृहपृष्ठ डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध

डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध

लगातारको अविरल वर्षासँगै आएको बाढीपहिराले डडेल्धुराका आधा दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ । जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्मे तथा भाँसिँदै गएपछि यातायातका साधन चल्ने अवस्था नभएको उग्रतारा यातायात प्रालिले जनाएको छ ।

बगरकोट-रूपाल, कोटेली-धनकाट, देवल-राजुल, कोरालखोला-रेल र पोखरा बेलापुर सडक अविरल वर्षाका कारणले अवरुद्ध भएका छन् । पाँच दिनदेखि परेको अविरल वर्षाले जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाअन्तर्गत डोला बस्तीस्थित सडक भाँसिदा सास्ती भएको सोहीरुटका सवारी चालक उमेश मालीले जानकारी दिए । सडकमा ढुंगामुढा राखेर आवतजावत गर्नुपरेको उनको गुनासो छ ।

यस्तै गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाका सडक चिराचिरा भई भासिँदै गएको अवस्थामा पुगेका उनको भनाइ छ । गन्यापधुरा-२ कोरगाउँ जोड्ने जिरो प्वाइन्ट र पारिखेत जोड्ने बाटो अवरुद्ध भएको हो । दसैं-तिहारमा दैनिकजस्तै घर फर्किन लागेका यात्रुलाई ग्रामीण सडकमा लगातारको वर्षाले अवरुद्ध बनाउँदा सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ ।

जताततै भिरालो ठाउँमा सडक खन्नालले र सडकको स्तरोन्नति नहुँदा यस्तो समस्या आएको नवदुर्गा-४ का स्थानीयवासी गणेश कैनीले गुनासो गरे । सडक अवरुद्ध हुँदा घर जान नापाएर सदरमुकाममा बस्नुपरेको उनले बताए । उनी दसैंका लागि भारतको मुम्बईबाट आएका हुन् । (रासस)

प्रकाशित समय ११:४९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु