fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ तनहुँ जिल्लाका नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रण

तनहुँ जिल्लाका नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रण

सांकेतिक तस्बिर

जिल्लाका नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको छ । पहिरोको जोखिममा रहेको जिल्लाका विभिन्न ठाउँमा भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको हो ।

पहिरो नियन्त्रणबाट करिब ५० हेक्टर जमिन संरक्षण भएको कार्यालयका प्रमुख दिवाकर पौडेलले जानकारी दिए । पहिराको जोखिममा रहेका ती ठाउँमा संरक्षण गर्न स्थानीय उपभोक्ताको सहभागितामा पहिरो नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको र यसमा २९ लाख ७५ हजार ६१९ रूपैयाँ खर्च भएको उनको भनाइ थियो ।

उक्त कार्यका लागि कार्यालयका तर्फबाट १४ लाख ५१ हजार ४२३ रूपैयाँ उपलब्ध गराइएकामा स्थानीय उपभोक्ताले १५ लाख २४ हजार १९६ रूपैयाँ व्यहोरेका थिए । यास नगरपालिकाको वडा नं १,६,र ८, भानु नगरपालिकाको वडा नं ६ र १३, ऋषिङ गाउँपालिका-६, आँबुखैरेनी गाउँपालिका-२, शुक्लागण्डकी नगरपालिका-२ र शुक्लागण्डकी नगरपालिका-४ मा आकस्मिक पहिरो नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको उक्त कार्यालयले जनाएको थियो ।

आकस्मिक पहिरो नियन्त्रणका लागि व्यास नगरपालिकाका तीन वडामा कार्यालयको ४ लाख ३२ हजार २६९ रूपैयाँ र उपभोक्ताको ४ लाख ४५ हजार ५८७ रूपैयाँ, भानु नगरपालिकाका दुई वडा कार्यालयको २ लाख ६३ हजार ४७३ रूपैयाँ र उपभोक्ताको ३ लाख ६७ हजार ५ सय रूपैयाँ, ऋषिङ गाउँपालिकाको एक वडामा कार्यालयको २ लाख ४ हजार २०८ रूपैयाँ र उपभोक्ताको १ लाख ९६ हजार ७९० रूपैयाँ, आँबुखैरेनीको १ नं. वडामा वडा कार्यालयको ४२ हजार २८६ रूपैयाँ र उपभोक्ताको ६५ हजार ८ सय रूपैयाँ, शुक्लागण्डकीको २ नं. वडामा कार्यालयको ५ लाख ९ हजार १८३ रूपैयाँ र उपभोक्ताको ४ लाख ४८ हजार ५१८ रूपैयाँ खर्च भएको थियो ।

कार्यालयमार्फत सञ्चालित नदी उकास तथा जग्गा संरक्षण कार्यक्रमबाट  व्यास नगरपालिकाका तीन र म्याग्दे गाउँपालिकाको एक गरी चार वडाका ४५९ घरधुरी लाभान्वित भएका छन् । व्यास नगरपालिका-११ का ४२, व्यास नगरपालिका-१ का ९२, व्यास नगरपालिका-३ का १६० र म्याग्दे गाउँपालिका-१ का १६५ घरधुरी लाभान्वित भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।उनका अनुसार उक्त कार्यक्रमका लागि कार्यालयका तर्फबाट ९ लाख ९९ हजार ७७४ रूपैयाँ र उपभोक्ताका तर्फबाट ६ लाख ४२ हजार १५० रूपैयाँ गरी कुल १६ लाख ४१ हजार ९२४ रूपैयाँ खर्च भएको थियो ।

कार्यालयबाट सञ्चालित योजनामा दुई पोखरी निर्माण भएकामा यसबाट सिँचाइ गर्न, गाईवस्तुलाई खुवाउन र पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । साथै २ हजार १६२ घरधुरीको खानेपानीको जलाधार क्षेत्र तथा पानीको मूलस्रोत संरक्षणमा टेवा पुगेको उनले बताए । (रासस)

प्रकाशित समय १५:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु