fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ ‘कोरोना संक्रमणबारे सूचना लुकाउनुपर्ने कुनै कारण छैन’

‘कोरोना संक्रमणबारे सूचना लुकाउनुपर्ने कुनै कारण छैन’

स्वास्थ्यकर्मीहरुलाई काज वा बिदामा नबस्न निर्देशन

विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण कर्णाली प्रदेशमा हालसम्म देखिएको छैन । हरेक वर्ष कर्णालीले कुनै न कुनै हैंजाजन्य समस्याहरु झेल्दै आएको छ । वर्षौंदेखि रोग र भोकले ग्रसित कर्णालीवासीहरु चीनसँग सीमा जोडिएका हुम्ला, डोल्पा र मुगु जिल्लाबाट संक्रमण फैलनेमा त्रसित छन् । प्रदेश ५ स्थित भारतको सीमा नाका हुँदै पनि कोरोना संक्रमण भित्रिएला कि भन्नेतर्फ पनि कर्णालीमा उत्तिकै त्रास छ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोक्न के-कस्ता पूर्वतयारी गरिएको छ भन्ने विषयमा कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रिता भण्डारीसँग न्युज कारोबारका कर्णाली संयोजक सीता वलीले गरेको कुराकानी :


कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) को जोखिम कतिको छ ? जोखिम न्युनीकरणका लागि के-के सावधानीहरु अपनाइएका छन् ?

देश नै कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिमको सूचीमा परेपछि कर्णाली प्रदेश त्योबाट अछुतो रहन सक्दैन । कर्णालीका केही जिल्लाका सीमा चीनसँग जोडिएका छन् । हुम्ला, डोल्पा र मुगु जिल्ला चीनसँग जोडिएका छन् । भारतको सीमासँग जोडिएको प्रदेश नं ५ सँग हाम्रो प्रदेश जोडिएको छ । त्यसैले कर्णाली प्रदेशमा यति जोखिम उति जोखिम भन्दा पनि नेपाल नै यतिबेला कोरोनाको उच्च जोखिममा छ ।

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण आउन नदिनका लागि थुप्रै तयारी भएको छ । विभिन्न सञ्चार माध्यममा सूचना प्रकाशित गरिएको छ । पोस्टर पम्प्लेटका माध्यमबाट समेत नागरिकहरुलाई भाइरसको विषयमा जानकारी दिइएको छ । हरेक स्वास्थ्यका कार्यक्रममा समय मिलाएर कोरोनाका विषयमा जानकार दिइएको छ ।

कर्णालीका ६ स्थानमा हेल्थडेक्सको व्यवस्था गरिएको छ । स्वास्थ्यकर्मीहरुलाई समेत जोखिम न्यूनीकरणसम्बन्धी तालिम दिएका छौँ । अत्यावश्यक अवस्थामा बाहेक स्वास्थ्यकर्मीहरुलाई काज वा बिदामा नबस्न निर्देशनसमेत दिइएको छ । प्रदेशका सबै जिल्ला अस्पतालहरुमा समेत कोरोना भाइरस (कोभिड-१९) संक्रमणको सतर्कता अपनाइएको छ ।

कोरोना संक्रमणबारे सूचना लुकाइएको भन्ने भ्रम छ । कर्णालीमा पनि सूचना लुकाइएको हो ?

हामीले सूचना लुकाउनुपर्ने कुनै पनि कारण छैन । हालसम्म कर्णालीमा कोरोनाको बिरामी फेला परेको छैन । अघिल्लो महिना र यो महिनामा गरी ६ जनाले कोरोनाको आशंकामा परीक्षण गराएका थिए । सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण आईहालेपछिको अवस्थालाई ध्यानमा राखी के-के तयारी भएको छ ? कर्णालीको स्रोत साधनले संक्रमण थेग्न सक्छ ?

सकेसम्म कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिनका लागि नै हामीले काम गरेका छौं । संक्रमण भइहाल्यो भने पनि कर्णाली प्रदेश अस्पतालमा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गरेका छौँ ।

हाललाई ५ वटा आइसोलेसन बेड र २० बेडको क्वारेन्टाइन व्यवस्था गरिएको छ । कर्णालीमा हुनसक्ने सम्भावित संक्रमणको आँकलन त गरिएको छैन । तर केही पूर्वतयारी भने भएको छ । सर्वसाधारणसमत सचेत भएको खण्डमा हालको स्रोतसाधन र जनशक्तिले पर्याप्त छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नागरिक कसरी बच्ने ?

अहिले मौसमी रुघाखोकी पनि छ । कोरोना भाइरस (कोभिड-१९) को लक्षण र मौसमी रुघाखोकीको लक्षण उस्ता-उस्तै छ । त्यसैले आत्तिनु पर्दैन । तर पटक-पटक साबुन पानीले हात धुने, भीडभाडमा नजाने, मास्क लगाएर हिँड्ने, खानेकुरामा ध्यान दिने गर्नुपर्छ ।

ज्वरो आएको बिरामीभन्दा टाढै बस्ने, परिवारमा कसैलाई ज्वरो आएको खण्डमा अलग राख्ने, विवाह लगायतका संस्कारहरु सकेसम्म नगर्ने र गर्नैपरे आफ्नो परिवारभित्र मात्रै गर्नुपर्छ । नागरिक आफैँ सचेत भएको खण्डमा संक्रमण फैलन सक्दैन र कोरोना भाइरस (कोभिड-१९) बाट जोगिन सकिन्छ ।

प्रकाशित समय १७:४५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु