fbpx
corona information

गृहपृष्ठ उवा पाकेर पहेँलपुर बन्यो थिन्लेको गाउँ (फोटोफिचर)

उवा पाकेर पहेँलपुर बन्यो थिन्लेको गाउँ (फोटोफिचर)

क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो जिल्ला हो डोल्पा । नेपालकै सबैभन्दा गहिरो ताल शे फोक्सुन्डो यस जिल्लाको अर्को परिचय हो । यसका अलावा थिन्ले लोन्डुप डोल्पाका अर्का चिनारी हुन् । तत्कालीन साल्दाङ गाउँका प्रधानपञ्चसमेत भएका थिन्ले चर्चित अभिनेता थिए । उनी अभिनित चलचित्र ‘हिमालय क्याराभान’ विश्व प्रसिद्ध फिल्मी अवार्ड ओस्कारमा मनोनित भएको थियो । फ्रान्सेली फिल्ममेकर एरिक भ्यालीले निर्देशन गरेको सो चलचित्र नुन र खाद्यान्न लिनका लागि ५ हजार मिटरको उचाइ छिचोल्दै तिब्बती सहरसम्म पुग्ने उपल्लो डोल्पावासीको जनजीवनमा आधारित छ । आफ्नो जिल्ला र गाउँको विकासका लागि काठमाडौंसम्म धाउने थिन्लेको २०७३ साल वैशाखमा सदरमुकाम दुनैबाट साल्दाङतर्फ जाने क्रममा घोडाबाट लडेर निधन भएको थियो ।

विश्वभर कोरोना महामारीको त्रास फैलिरहेको बेला उपल्लो डोल्पास्थित थिन्लेको गाउँ साल्दाङ भने उवा पाकेर रहरलाग्दो बनेको छ । आलुका बोटहरु लहलहाउँदो भएका छन् । उवा र आलु उपल्लो डोल्पाको मुख्य खाद्यान्न बाली हो । शे फोक्सुन्डो गाउँपालिका- ३, साल्दाङका वडाध्यक्ष कार्मा तुण्डुप लामाले उवा पाक्ने बेला भएकाले अब थन्क्याउन चटारो सुरु हुने बताए । देशभर कोरोना त्रास बढे पनि साल्दाङमा भने खासै प्रभाव नपरेको तथा स्थानीयवासीहरु खेतीपाती र नियमित दिनचर्यामा सामान्य अवस्थामाझैं रहेको वडाध्यक्ष लामाले न्युज कारोबारसँग बताए ।

आलु खेती ।
साल्दाङको बस्तीनजिक उवा खेती।
माटोले बनेका घरहरू।
पाकेर पहेँलपुर बनेको उवा खेती।
हिमालय क्याभानको एक दृश्यमा थिन्ले ।
हिमालय क्याराभानको एक दृश्य।

(माथिल्लो ४ तस्बिर : रासस)

प्रकाशित समय १४:०४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु