fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ उठ्दैछ काठमाडौं, जुट्दैछ काठमाडौं (फोटो फिचर)

उठ्दैछ काठमाडौं, जुट्दैछ काठमाडौं (फोटो फिचर)

महिनौंसम्म बेरोजगार वा कारोबारविहीन भएर बस्नु परेपछि साथमा पर्याप्त पैसा छैन । कोही गाउँ पुगेका छन् । कोही अन्यत्रै रोकिएका, बसेका छन् । यातायात, ढुवानी अस्तिसम्म सहज थिएन । व्यापार, व्यवसाय र कारोबार अस्तव्यस्त बनेको छ । कोरोनाभाइरस संक्रमण बढेपछि गत चैत ११ गते सुरु भएको चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण धेरैको अवस्था योभन्दा फरक छैन ।

फेरि, आशा जागेको छ । लकडाउन र निषेधाज्ञा हटेपछि जनजीवन सामान्य अवस्थामा फर्कने प्रयत्नमा छ । काठमाडौंका सडकहरु व्यस्त देखिन थालेका छन् । बजार, पसल, उद्योग, कलकारखाना खुलेका छन् । केहीबाहेक अधिकांश क्षेत्र खुला भइसकेको छ । दसैं नजिकै आइसक्दा विगतजस्तो चलपहल त छैन । तर कोरोना कहरले थला परेको काठमाडौं पुनः उठ्दैछ, पुनः जुट्दैछ ।

प्रकाशित समय १४:५६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु