fbpx
corona information

गृहपृष्ठ वैदेशिक सहयोगका सडक आयोजना : प्राय: ठप्प, केही कछुवा गतिमा

वैदेशिक सहयोगका सडक आयोजना : प्राय: ठप्प, केही कछुवा गतिमा

Road construction in Dharchula_News Karobar फाइल तस्बिर ।

वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजना ठप्प छन् । कोभिड- १९ को विश्वव्यापी महामारीका कारण देशभरमा सञ्चालित अधिकांश आयोजना अघि बढ्न नसकेका हुन् ।

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग बाहेकका अरु आयोजनामा काम अघि बढेको छैन । निर्माणाधीन योजनासँगै निर्माण सुरु गर्ने भनिएका आयोजनासमेत अहिले निर्माण सुरु हुने अवस्थामा छैनन् । बुटवल-पोखरा सडक विस्तार, नागढुंगा-मुग्लिन सडक र सोही स्थानमा त्रिशूली पारिपट्टि बनाइँदै गरेको सडक, गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकलगायत आयोजनमा यसको प्रभाव देखिएको छ ।

यीमध्ये कतिपयमा निर्माण ठप्प र कतिपय कछुवा गतिमा अघि बढेको सडक विभागका सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । ‘सबै योजनामा यथास्थितिमा नै निर्माण ठप्प छ,’ उनले भने, ‘काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न योजनामा वैदेशिक लगानी सुनिश्चित भए पनि कोभिड- १९ कै कारण अघि बढ्न नसकेको पाइन्छ ।’

चक्रपथको पहिलो चरणका रुपमा कोटेश्वर-कलंकी सडक निर्माण गरेको चीन सरकारले दोस्रो खण्डको पनि विस्तार गर्ने जनाएको थियो । निर्माणस्थल खाली भइसके पनि चिनियाँ टोली आइसकेको छैन । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले जडीबुटी र नयाँ बानेश्वर चोकमा फ्लाई ओभर निर्माण गर्ने गरी छलफल भएको थियो ।

विगतका वर्षदेखि नै जाइकाले सो स्थानमा ‘फ्लाई ओभर’ निर्माण गर्न चाहेको थियो । तत्काल कुनै पनि योजना अघि बढ्ने अवस्था नभएको प्रमुख थापाले बताए । ‘अवस्था सामान्य नहुँदासम्म उनीहरु आएर काम सुरु गर्ने देखिँदैन,’ उनले भने । (रासस)

प्रकाशित समय १३:५२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु