fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ चाँडै इतिहास भइदिउन् यी दृश्यहरू (फोटो फिचर)

चाँडै इतिहास भइदिउन् यी दृश्यहरू (फोटो फिचर)

सहर कुरुप मात्रै छैन, जोखिमपूर्ण पनि

कतै चुँडिएको त कतै लत्रेको । पोलले नै थेग्न नसक्ने गरी जहीँतहीँ तारको गुजुल्टो देखिनु काठमाडाैं उपत्यकाभित्र अनाैठो होइन । खास गरेर टेलिफोन, इन्टरनेट, बिजुली र केबल टीभीले सडक दायाँबायाँ टाँगेका तारका यस्ता गुजुल्टो देख्दा जोकोहीलाई दिक्क लाग्नु स्वभाविकै हो । तारको अव्यवस्थित गुजुल्टोका कारण सहर कुरुप मात्रै छैन, जोखिमपूर्ण पनि छ ।

नेपाल विद्युत प्राधिकरणले अबको २ वर्षभित्र काठमाडौँ उपत्यका भित्रका विद्युतीय तार जमिनमुनि विछ्याउन योजना अघि बढाइसकेको छ । तर नेपालका कतिपय ठूला र राष्ट्रिय गाैरवका  योजनाहरू नै ‘सरकारी काम, कहिले जाला घाम’ भन्ने उखानझैँ भइरहेका छन् । त्यस कारण तारको गुजुल्टो हटाउने योजना के समयमै पूरा होला त ? शंकै छ । केवल आशा चाहिँ गर्न सकिन्छ, यी दृश्यहरू चाँडै इतिहास भइदिउन् ।

 

 

प्रकाशित समय १५:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु